दफा ४०१
बहालमा लिने व्यक्तिलाई हटाउन सक्ने

(१) देहायका कुनै अवस्थामा घरधनीले बहालमा लिने व्यक्तिलाई घरबाट हटाउन सक्नेछ :–
(क) बहालमा बस्ने व्यक्तिले दफा ३९० बमोजिम आफ्नो दायित्व पूरा नगरेमा,
(ख) बहालमा बस्ने व्यक्तिले बहालमा लिएको घरभित्र कानूनले निषेध गरेको कसूरजन्य कुनै क्रियाकलाप गरेमा,
(ग) घर धनी आफैँलाई घर आवश्यक भएमा,
(घ) घरबाट मानिस हटाई घरको मर्मत सम्भार गर्नु परेमा,
(ङ) प्राविधिक तथा स्वास्थ्यका दृष्टिले बहालमा दिएको घरमा मानिस बसोबास गर्न उपयुक्त नदेखिएमा,
(च) घर बहालको अवधि समाप्त भएमा,
(छ) बहालमा बस्ने व्यक्तिले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा,
(ज) दफा ३९५ को उपदफा (५) को अवस्था कायम भएमा ।
(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको अवस्थामा बहालमा लिएको व्यक्तिलाई घरबाट हटाउनु परेमाघरधनीले कम्तीमा पैँतीस दिनको अग्रिम लिखित सूचना दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम घरधनीले बहालमा लिएको व्यक्तिलाई हटाएकोमा त्यस्तो घर आफूले प्रयोगनगरीतीन महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन पाउने छैन ।
(४) उपदफा (३) बमोजिम घरधनीले त्यस्तो घर तीन महिनाभित्र अन्य व्यक्तिलाई बहालमा दिने भएमारपहिला बहालमा लिने व्यक्तिले त्यस्तो घर बहालमा लिन चाहेमा निजले प्राथमिकता पाउनेछ ।